Upalabdhi News

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) भक्तपुरमा

उपलब्धि मिडिया
भदौ २५, २०७९ | २:०४ बजे


भक्तपुर, २५ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) शनिबार भक्तपुर आएका छन् । बालेनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका छन् । उनको स्वागतमा नगरपालिकाको कक्षमा कार्यक्रम आयोजना गरिएको थियो ।

बालेनसहितको टोलीले भक्तपुरको दरवार स्क्वायरको अवलोकन भ्रमण गरेको थियो । बालेनका साथमा उपमेयर सुनिता डंगोल पनि थिइन । बालेन भक्तपुर नगरपालिकाकाको काम कारबाहीबाट पहिलेदेखि नै प्रभावित थिए । उनी निर्वाचन परिणाम आउँंदै गर्दा पनि भक्तपुर नगरपालिकाको कार्यालय पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?