Upalabdhi News

कमल थापाको उपाध्यक्षलाई ओलीले लगे

उपलब्धि मिडिया
भदौ २५, २०७९ | २:५९ बजे


काठमाडौं, २५ भदौ । कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय नेकपा एमालेमा प्रवेश गरेका छन् ।अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले रायलाई भक्तपुरको बालकोटस्थित ओली निवासमा खादा लगाई पार्टीमा स्वागत गरेका हुन् ।

कर्णाली विकास बैंकका अध्यक्ष रहेका राय २०७४ सालको निर्वाचनमा सल्यानबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । पार्टी प्रवेश कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य गुलावजङ्ग शाहको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?