माओवादीले ल्याएको प्रणालीमा अरूले रजाइँ गरे– देवेन्द्र पौडेल

पोखरा, २५ भदौ । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलले माओवादीले ल्याएको प्रणालीमा अरूले रजाइँ गरेकाले समस्या भएको बताएका छन् ।
नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका उनले माओवादी कमजोर बन्दा परिवर्तनका एजेन्डाहरू उल्टिन सक्ने खतरा रहेको बताए । यसकारण पनि आगामी निर्वाचनमा माओवादी उमेदवारले जित्नु पर्ने बताए ।
गण्डकी प्रदेशको पोखरामा आयोजित कार्यक्रममा उनले प्रेस सेन्टरमा आवद्ध पत्रकारहरूलाई व्यवसायीक दक्षता बढाउन र हस्तक्षेपकारी प्रचार र सोसल मिडियाको प्रभावकारी उपयोग गरेर अगाडि बढ्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
