Upalabdhi News

एक लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान

उपलब्धि मिडिया
भदौ २६, २०७९ | ११:१६ बजे


काठमाडौं, भदौ २६ गते । नेपाल प्रहरी प्रधान कार्यालयले आसन्न निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको छ । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि नेपाल प्रहरीले एक लाख १५ हजार म्यादी प्रहरी भर्ती गर्न लागेको हो ।

म्यादी प्रहरीका लागि यही ३० भदौदेखि ६ असोजसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका र साधारण लेखपढ गर्न जान्नेहरुले देशभरका प्रहरी कार्यालयमा दरखास्त बुझाउन सकिने प्रहरीले निकालेको सार्वजनिक सूचनामा उल्लेख छ ।

तोकियोको मितिभित्र दरखास्त बुझाउने व्यक्तिले आवेदन दिएको कार्यालयमा ७ असोजमा सम्पर्क गर्न पनि प्रहरीले भनेको छ । म्यादी प्रहरीको अवधि ४० दिनको हुनेछ भने उनीहरुले प्रतिदिन ८६९ रुपैयाँको दरले ४० दिनसम्मको ३४ हजार ७६० रुपैयाँ पारिश्रमिक पाउने छन् ।

उनीहरुले खाद्यान्न बापत एकमुष्ट ७ हजार २०० रुपैयाँ, पोशाक तथा अन्य सामग्री खरिद गर्न ६ हजार रुपैयाँ पाउने छन् । साथै हिमाली जिल्लामा खटिनेलाई थप एक हजार पोशाक भत्ता पाउने छन् । यसैगरी आउने–जाने खर्च एक हजार रूपैयाँ र ३०० रुपैयाँको दरले चार दिनको खाजा खर्च एक हजार २०० रुपैयाँ पनि पाउने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?