देशको आर्थिक विकासको मुख्य मेरुदण्ड भनेको नै कृषि हो –पुष्पकमल दाहाल

काठमाडौं, भदौ २६ गते ।देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । देशको अर्थतन्त्र झनै पछाडि धकेलिँदै गएको भन्दै अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने उनको भनाई छ । उनले कृषिमा गरिने लगानी देशका लागि आवश्यक भएको बताएका छन् ।
आज काठमाण्डौमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन । उनले देशको आर्थिक विकासको मुख्य मेरुदण्ड भनेको नै कृषि भएको जिकिर गरेका छन् । देशको अर्थतन्त्र झनै पछाडि धकेलिँदै गएको भन्दै अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
