Upalabdhi News

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री महरा आज विश्वासको मत लिँदै

उपलब्धि मिडिया
चैत्र ३०, २०८० | ११:०९ बजे

काठमाडौ, ३० चैत्र । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै छन् । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्दै छ ।
नेकपा माओवादी केन्द्रका नेता महरा यही चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शपथ र पदभार ग्रहण भने उनले २५ गते गरेका थिए । आज विश्वासको मत लिएपछि मात्रै उनले मन्त्रीहरूको जिम्मेवारी तोक्ने र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।
केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपछि अल्पमतमा परेको निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले २२ चैतमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि माओवादी केन्द्र संसदीय दलका नेता महरा ४८ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई सत्ता गठबन्धन दल नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, नेकपा एकीकृत समाजजादी १ र स्वतन्त्र सांसद खड्क बस्नेतले समर्थन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?