Upalabdhi News

सुनको भाउमा नयाँ रेकर्ड कायम

उपलब्धि मिडिया
चैत्र ३०, २०८० | १:४९ बजे

काठमाडौ, ३० चैत्र । २०८० भरजसो ऐतिहासिक रेकर्ड बनाएको सुनको भाउले वर्षको अन्तिम दिन पनि नयाँ रेकर्ड कायम गरेको छ । चैत ३० गते, शुक्रबार सुनको भाउमा भारी वृद्धि भएको छ । यस दिन सुन तोलामा नै २ हजार ४०० रुपैयाँले महंगिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार रुपैयाँको उच्चस्तरमा पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार पनि सुनको भाउ ऐतिहासिक उचाइमा पुगेको थियो । त्यस दिन, सुन प्रतितोला एक लाख ३६ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । हिजो भने सुनको भाउमा सामान्य गिरावट देखिएको थियो । बिहीबार सुन प्रतितोला एक लाख ३६ हजार ६०० रुपैयाँमा झरेको थियो ।
शुक्रबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेर प्रतितोला एक हजार ७५० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन, भने चाँदीको मूल्य स्थिर रहेको थियो । बिहीबार चाँदी प्रतितोला एक हजार ७०० रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?