Upalabdhi News

काठमाडौँ फेरि बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर

उपलब्धि मिडिया
बैशाख १०, २०८१ | १२:३४ बजे

काठमाडौ, १० बैशाख । काठमाडौँ फेरि विश्वकै सबैभन्दा धेरै वायु प्रदूषित सहर बनेको छ । वायु प्रदूषणको स्तर मापन गर्ने आईक्यू एयरका अनुसार अघि बिहान १०: ३० बजे काठमाडौँको वायु प्रदूषणको स्तर १८२ मापन गरिएको छ । अर्थात् आइतवारको तुलनामा आज काठमाडौँको वायु प्रदूषण फेरि बढेको छ । प्रदूषणको स्तर बढेसँगै काठमाडौँ फेरि विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ ।
नेपालको सन्दर्भमा काठमाडौँ बाहेक भरतपुरको वायु प्रदूषण सबैभन्दा धेरै २८१ मापन गरिएको छ । आईक्यू एयरका अनुसार भतरपुर आसपासका क्षेत्रमा बिहान १०: ३० बजे आईक्यू एयर मापन गर्दा २०८१ देखाएको हो । यस्तै मेघौलीको वायु प्रदूषको स्तर २०१ मपन गरिएको छ । काठमाडौँ पछि १६४ एक्यूआईका साथ चीनको बेइजिङ दोस्रो, १५८ एक्यूआईका साथ भारतको कोलकोत्ता तेस्रो स्थानमा रहेको छ ।
नेपालका अधिकांश स्थानमा डढेलो र आगलागी भइरहेको तथा छिमेकी भारतका पनि विभिन्न स्थानमा डढेलो लागेका कारण पश्चिमी वायुको प्रभावले वायु प्रदूषणको स्तर बढी देखिएको छ । बिहान १०: ३० बजे नेपालको भरतपुर, काठमाडौँको विभिन्न स्थान, पोखरा लगायतको वायु प्रदूषणको स्तर १५० देखि २ सयसम्म मापन गरिएको छ । पछिल्लो केही दिनदेखिको वायु प्रदूषणले मानव मानव स्वास्थ्यमा नराम्रो प्रभाव पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?