Upalabdhi News

अर्थसचिवमा मरासिनी, पुष्करलाई प्रधानमन्त्री कार्यालय तानियो

उपलब्धि मिडिया
बैशाख १०, २०८१ | २:०६ बजे

काठमाडौ, १० बैशाख । सरकारले अर्थसचिवमा मधुकुमार मरासिनीलाई सरूवा गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले मरासिनीलाई अर्थसचिव बनाउने निणर्य गरेको हो । उनी यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव थिए । गेट वे पेमेन्ट प्रकरणमा मुछिएपछि मरासिनी निलम्बनमा परेका थिए ।
सरकारले अर्थसचिवको जिम्मेवारी हेरफेर गरेको छ । हालका अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने सरकारले निणर्य गरेको छ । उनको स्थानमा मधुकुमार मरासिनीलाई जिम्मेवारी दिइएको छ ।
नेसनल पेमेन्ट खरिद प्रकरणमा अख्तियारले मरासिनी विरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो । अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख हुँदा मरासिनीले पेमेन्ट गेटवे खरिदका लागि बजेट विनियोजन गरेको भन्दै अख्तियारले उनीविरुद्ध पनि भ्रष्टाचारको मुद्दा चलाएको हो । तर, विशेष अदालतले अख्तियारको दाबीलाई गलत साबित गर्दै मरासिनीलाई सफाइ दिएको हो ।

सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले विपदबाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुर्नस्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने पनि सरकारले निणर्य गरेको छ । यस्तै लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पेश गर्ने निणर्य पनि सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?