Upalabdhi News

सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम घट्यो

उपलब्धि मिडिया
बैशाख २५, २०८१ | ३:५८ बजे

काठमाडौ, २५ बैशाख । मंगलबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । पछिल्ला ३ कारोबार दिनदेखि घटिरहेको नेप्से ,यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो । सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार २.०६ अंकले बढेर १ हजार ९ सय ६०.८१ अंकमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.१० प्रतिशतले सकारात्मक बनेको हो । उक्त दिन कारोबारमा आएकामध्ये १ सय २० वटा कम्पनीको सेयर मूल्य बढ्यो, १ सय १४ वटाको घट्यो र बाँकी ११ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्से परिसूचक सामान्य अंकले बढेपनि मंगलबार कारोबार रकम घटेको छ । उक्त दिन ३८ हजार २ सय १४ पटकको कारोबारबाट ५० लाख ६४ हजार ३८ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब २ अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम कम हो । गत सोमबार २ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?