संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक बस्दै

काठमाडौ, ८ जेठ । सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ । बैठक केहीबेर अघि मात्रै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरु भएको हो । बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर उनी मुछिएको सहकारी संस्थामा पनि छानबिन गर्नुपर्ने अडानबाटै आजको बैठकमा छलफल सुरु भएको बताइएको छ । कांग्रेसको उक्त मागमा एमाले र रास्वपाले विरोध जनाउँदै आएका छन् ।
आइतवार पटक-पटक गरी सात घण्टाभन्दा बढी समय छलफल भएपनि सहमति जुट्न नसकेपछि सोमवारका लागि बैठक बस्ने बताइएको थियो । तर, सोमवार बैठक बस्न नसकेपछि आज बसेको हो । गत शनिवार बसेको शीर्ष नेताहरूको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलको संयोजकमा कानुन मन्त्रीसमेत रहेका नेकपा एमालेका नेता पदम गिरी छन् भने सदस्यहरूमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
