नयाँ उचाइमा पुग्यो सुनको मूल्य

काठमाडौ, ८ जेठ । निरन्तर ऐतिहासिक उचाइ बनाउँदै बढेको सुन र चाँदीको मूल्यमा मंगलबार गिरावट भएको छ । पछिल्ला कारोबार दिनमा ऐतिहासिक उचाइ बनाउँदै बढेको सुन र चाँदीको मूल्य घटेको हो ।
मंगलबार सुन प्रतितोला एक हजार दुई रुपैयाँ र चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४० हजार ६०० रुपैयाँ कायम भएको छ । त्यसैगरी, तेजावी सुन प्रतितोला एक लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको मूल्य पनि घटेको छ । यसदिन चाँदीको तोलामा नै ५५ रुपैयाँले घटेको हो । मंगलबार चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार एक हजार ९४० रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
