Upalabdhi News

घट्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

उपलब्धि मिडिया
भदौ २७, २०७९ | ११:३२ बजे


काठमाडौं । सुनको मूल्य सोमबार तोलामा ३०० रुपैयाँले घटेको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० रहेकोमा सोमबार ३०० रुपैयाँले घटेर ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यसैगरी तेजाबी सुनको मूल्य तोलामा ९२ हजार १०० रुपैयाँ रहेको छ । आइतबार तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ४०० रुपैयाँ रहेको थियो ।

सुनको मूल्य घटे पनि सोमबार पनि चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य भने लगातार तेस्रो दिनदेखि स्थिर रहँदै आएको छ । महासंघले सोमबार चाँदीको मूल्य तोलामा ११ सय ५० रुपैयाँ रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?