नेप्से गिरावट कारोबार रकम भने बढ्यो
काठमाडौ, २४ जेठ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार सामान्य अंक घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
बिहीबार नेप्से परिसूचक १.९३ अंक घटेर २०७७.७८ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.२७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंक घटेको छ ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ९९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको ५८ हजार ७४८ पटकको कारोबारमा ४ अर्ब ३१ करोड १७ लाख रुपैयाँ बराबरको ८६ लाख ८२ हजार कित्ता शेयर कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप