Upalabdhi News

असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गरिने

उपलब्धि मिडिया
जेष्ठ २९, २०८१ | ११:५६ बजे

काठमाडौ, २९ जेठ । प्रतिनिधि सभाबाट असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरेको छ । संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निणर्यार्थ प्रस्तुत गर्ने उल्लेख गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?