Upalabdhi News

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव पुनः चयन

उपलब्धि मिडिया
जेष्ठ ३०, २०८१ | १:४५ बजे

काठमाडौ, ३० जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव पुनः चयन भएका छन् । पार्टी स्थापनादेखि नै नेतृत्व गर्दै आएका यादव १८ वर्षदेखि अध्यक्ष छन् ।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा जारी पार्टीको राष्ट्रिय महाधिवेशनबाट उनी पुनः अध्यक्षमा चयन भएका हुन् । आगामी कार्यकालका लागि केन्द्रीय कार्यसमिति चयन गर्न आज बिहान निर्वाचन प्रक्रिया अघि बढेको थियो । जहाँ अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षबाहेकका पदमा भने थुप्रै उम्मेदवारी परेको छ । तर, नामावली भने सार्वजनिक भइसकेको छैन । महाधिवेशनले दुई सय एक सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?