Upalabdhi News

बजेटले दलित समुदायको हकलाई समेटेको छैन: सहमहामन्त्री परियार

उपलब्धि मिडिया
जेष्ठ ३०, २०८१ | २:२२ बजे

काठमाडौ, ३० जेठ । नेपाली कांग्रेसका सांसद जीवन परियारले संविधानमा उल्लेख गरिए अनुरुप दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभामा बुधबारको बैठकमा बोल्दै सांसद परियारले संविधानको धारा ४० ले दलित समुदायलाई विभिन्न हक र अधिकार दिएको भएपनि त्यसको कार्यान्वयन गर्नमा सरकारले ध्यान नदिएको गुनासो गरे । उनले अहिले पनि ९० प्रतिशत दलितहरु गरिबीको रेखामुनि रहेका भन्दै सरकारको बजेट र नीति कार्यक्रमले दलित समुदायको शशक्तिकरण र उत्थानका कार्यक्रमहरु समेट्न नसकेको बताए ।
उनले भने, ‘संविधानका धारा ४० न सरकारका मन्त्रीहरुले पढ्नुहुन्छ । न सरकारमा एकजना दलितको मन्त्री छ । म धारा ४० मन्त्रीज्युहरुलाई, सचिवज्यूहरुलाई एकपटक पढेर हेरिदिनुस् । दलितहरुका हक, अधिकारका बारेमा शिक्षा, रोजगारी, आवास, जग्गा, छात्रवृत्ति, स्वास्थ्य सेवा लगायतका धेरै अधिकारहरु त्यहाँ उल्लेख गरेका छन् । त्यसको कार्यान्वयन गर्ने कुरामा अहिलेसम्म सरकारको ध्यान जान सकेको छैन । म गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु, दलित समुदाय सन् २०२१ को जनगणना अनुसार १३.८ प्रतिशत छन् । त्यसमध्ये ९० प्रतिशत दलितहरु गरिबीको रेखामुनि रहेका छन् ।’
उनले दलित समुदायको गरिबी निराकरण नगरेसम्म देशले समृद्धिको यात्रामा अघि बढ्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?