Upalabdhi News

देशभर अत्याधिक गर्मी बढ्यो

उपलब्धि मिडिया
जेष्ठ ३०, २०८१ | २:५५ बजे

काठमाडौ, ३० जेठ । देशभर अत्याधिक गर्मी बढेको छ । विशेषगरी, तराइका विभिन्न स्थानमा तातो हावा चलेका कारण जनजीवन प्रभावित बनेको छ । काठमाडौंमा अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस रहँदा नेपालगञ्जमा ४३.६ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ । त्यसपछि, धनगढी ४१.८ डिग्री सेल्सियस, विरेनद्रनगरको ४१.१ डिग्री सेल्सियस, घोराही ४०.२ डिग्री सेल्सियस, भैरहवामा ३९.५ डिग्री सेल्सियस, दिपायलमा ३८ डिग्री सेल्सियस, सिमरामा ३७ डिग्री सेल्सियस र जनकपुरमा ३६.४ डिग्री सेल्सियस मापन गरिएको छ । गर्मी धेरै बढेकाले जल तथा मौसम विज्ञान विभाग अन्तगर्तको मौसम पूर्वानुमान महाशाखाले मंगलबार चेतावन समेत दिइसकेको छ । मंगलबारदेखि बिहीबारसम्म तातो हावा तथा लू चल्ने सम्भावना रहेको महाशाखाले पुर्वानुमान गरिसकेको छ ।
गर्मीको चपेटामा परेका नेपालीहरू अहिले वर्षाको प्रतिक्षामा रहेका छन् । यद्धपी सोमबारदेखि नेपालमा मनसुन प्रणाली भित्रिसकेको छ । नेपालको कोशी प्रदेशको पूर्वी भू-भागमा आगमन भएको हो । तर काठमाडौँ उपत्यकामा मनसुन भित्रन भने केही दिन लाग्ने भएको छ । हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौँ उपत्यकामा आज सामान्य वर्षाको सम्भावना रहेको छ । काठमाडौंको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान गरिएको छ ।
आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केहि स्थानमा वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको हो। यसैगरी, सुदुरपश्चिम प्रदेश,कणर्ाली प्रदेश कोशी प्रदेश लगायत देशको पहाडी भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
शुक्रबारसम्म नै कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले पुर्वानुमान गरेको छ। आगामी तीनदिनसम्म कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका -थोरै स्थानहरूमा तथा बाँकी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?