नेप्से बढेसंगै, कारोबार रकम पनि बढ्यो
काठमाडौ, ३० जेठ । नेप्से परिसूचकले निरन्तर तेस्रो कारोबार दिन बढेर बन्द भएको छ । गत सोमबारदेखि बढ्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
बुधबार नेप्से परिसूचक ६.३७ अंक बढेर २१२१.६२ विन्दुमा पुगेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.६७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६० अंक बढेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५ अर्ब ५५ करोडको शेयर कारोबार भएको बजारमा यस दिन ३१२ स्टकको ७४ हजार ८५८ पटकको कारोबारमा ५ अर्ब ८९ करोड ४० लाख रुपैयाँ बराबरको १ करोड २९ लाख कित्ता शेयर कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप