प्रदेश संरचना, तेस्रो तहका नेताहरुलाई राख्ने पार्किङ स्थल बन्योः गृहमन्त्री

काठमाडौ, ३० जेठ । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताएका छन् ।
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै लामिछानेले यस्तो बताएका हुन् । व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई अँगाल्न नसकेको बताउँदै गृहमन्त्री लामिछानेले अहिले भएको प्रदेशले संविधान र संघीयतालाई बोक्न नसकेको जिकिर गरे ।
उनले भने ‘के संविधानले परिकल्पना गरेको प्रदेश अहिले जे देखिएको छ, त्यही प्रदेश हो ? के त्यसले संविधानले परिकल्पना गरेको, व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई बोकेको छ ? की बद्नाम गराउने काम गरेको छ ?, त्यसलाई ठिक गरौँ, त्यो बेढंगको छ, हामीले ढंगको बनाउनुपर्छ । त्यो दोस्रो/तेस्रो लेयरका राजनीतिक दलका नेताहरुलाई पार्किङ गर्ने, पार्किङ स्थल भएको छ । तेस्रो तहका नेताहरु कता जाने भन्दा प्रदेशमा ।’
गृहमन्त्री लामिछानेले सबैलाई जोगाउँदा, देश, व्यवस्था र संविधान नजोगिने अवस्थामा पुगेको बताए । उनले मिलेर जाउँ भन्ने चकरमा आफू ३ महिना नलागेको भए गत निर्वाचनमा २० सिट बढी जित्ने दाबी गरे । पार्टी खोलेको पाँच महिनामा प्रतिनिधि सभा चुनावमा होमिन परेको र त्यसमध्ये तीन महिना कसैसँग मिल्न हिँडेको उनले बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
