Upalabdhi News

कमिसन नपाउँदा वडा अध्यक्षले कुटे उपभोक्ता समितिका अध्यक्ष

उपलब्धि मिडिया
असार १, २०८१ | ११:१८ बजे

काठमाडौ, ३२ जेठ । कालिकोटको शुभकालीका गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रेम बहादुर शाहीले आफुले योजनाबाट कमिसन नपाएपछि उपभोक्त समितिका अध्यक्ष जक्तबहादुर शाहीमाथि कुटपिट गरेका छन् ।

खिम्लि घट्टेखेतदेखि घट्टेगाडसम्म सडक स्तरउन्नतिका लागि आएको बजेटबाट ५ प्रतिशत कमिसन मागेको र नदिएपछि सडकस्तर उन्नति योजनाका अध्यक्ष शाहीलाई कुटेका हुन् । पिडित अध्यक्ष शाहीका अनुसार आफू रोजगारको अध्यक्ष भएको र काम गरेको रकम सिधै कामदारको खातामा जम्मा गरेपछि कमिसन दिन नसक्दा आफूमाथि वडा अध्यक्ष प्रेम बहादुर शाहीले ढुङ्गा प्राहार गरेको र पछि वडा अध्यक्षका भाइ कृष्ण बहादुर शाहीले बन्चरो लिएर कुट्न आएको बताए ।

स्थानीय पूर्वाधार सहयोग कार्यक्रम र शुभकालीका गाउँपालिकाको साझेदारीमा ४५ लाख रकममा स्थानीयलाई रोजगारीस्वरुप काम सुरु भएको थियो । यस विषयमा वडा अध्यक्ष प्रेम बहादुर शाहीलाई बुझ्दा आफुले ५ प्रतिशत रकम मागेको स्वीकार गरेका छन् । वडामा भए गरेका योजनाबाट कमिसन भन्दा पनि वडा कार्यालय फिल्ड मर्मतको लागि पैसा मागेको उनको भनाइ छ । वडा कार्यालयको फिल्ड भने निर्माण सम्पन्न भइसकेको स्थानीयले बताएका छन् ।
उपभोक्त समितिका अध्यक्षमाथि कुटपिट भएको गरेको भन्दै स्थानीयले वडा कार्यलयमा तालाबन्दी गरी अहिले नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?