नेप्से घटेसँगै कारोबार रकम पनि घट्यो
काठमाडौ, २ असार । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिन घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
आइतबार नेप्से परिसूचक १७.०४ अंक घटेर २०९५.२५ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.२५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२४ अंक घटेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ६ अर्ब ४४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१७ स्टकको ७१ हजार ९९७ पटकको कारोबारमा ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँ बराबरको १ करोड ३२ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप