भक्तपुरमा एक किलो अवैध लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौं, भदौ २७ गते । भक्तपुर नगरपालिका–६ महालक्ष्मीबाट करिब १ किलोग्राम अवैध लागूऔषध पोल्याण्ड सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गजुरी गाउँपालिका–८ घर भई काठमाडौं बालाजु बस्ने ३० वर्षीय सुनिल स्याङतान र मकवानपुर थाहा नगरपालिका–७ घर भई काठमाडौं नैकाप बस्ने १७ वर्षीय किशोर रहेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले बाग्मती प्रदेश ०२–०२० प ४८०३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पोल्याण्ड सहित फेला पारी मोटरसाइकल चालक सुनिल र मोटरसाइकलमा सवार किशोरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप