Upalabdhi News

नेप्से पुनः घट्यो, कारोबार रकम भने बढ्यो

उपलब्धि मिडिया
असार ७, २०८१ | ३:४७ बजे

काठमाडौ, ६ असार । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक पुनः घटेर बन्द भएको छ । गत साताको बिहीबारदेखि ओरालो लागेको नेप्से, हिजो अर्थात बुधबार सामान्य अंक बढेर बन्द भएको थियो । तर, साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक पुनः घटेर बन्द भएको छ ।
बिहीबार नेप्से परिसूचक १०.४४ अंक घटेर २०६८.३१ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९३ अंक घटेको छ ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ४० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०६ स्टकको ५३ हजार १७ पटकको कारोबारमा ३ अर्ब ८७ करोड ७ लाख रुपैयाँ बराबरको ८६ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?