अर्थतन्त्रको ऐना पूँजीबजारलाई उत्साहित बनाउने गरी मौद्रिक नीति आउँछ, बजार लयमा फर्कन्छः अर्थमन्त्री पुन
काठमाडौ, ११ असार । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको मौद्रिक नीति पूँजीबजारलाई उत्साहित बनाउने गरी आउने बताएका छन् । अर्थमन्त्री पुनले सोमबार संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै आगामी आर्थिक वर्षको मौद्रिक नीतिले शेयर बजारलाई उत्साहित बनाउने बताएका हुन् ।
“आगामी वर्षको मौद्रिक नीति खुकुलो आउँछ, जसले समग्र शेयरबजार उत्साहित हुन्छ र फेरि पनि शेयरबजार लयमा फर्किन्छ,“ उनले भने उनले सरकार पुँजीबजार प्रति सकारात्मक रहेको बताउँदै मौद्रिक नीतिमार्फत लगानीकर्ताको माग सम्बोधन हुने बताए । अर्थमन्त्री पुनले मौद्रिक नीतिलाई खुकुलो बनाएर लैजान छलफल भइरहेको बताए ।
“सरकार स्पष्ट छ, अर्थतन्त्र कहाँ छ त्यसलाई देखाउने ऐनाको रुपमा शेयर बजारलाई हेरेको छ । र बजारप्रति सरकार सकारात्मक छ,“ उनले भने “शेयरबजारलाई सकारात्मक रुपले लैजाने सरकारले सोच बनाएको छ ।“