Upalabdhi News

भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्यालको व्यवस्थापन

उपलब्धि मिडिया
असार १२, २०८१ | १२:३२ बजे

काठमाडौ, ११ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बित भएका मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई सरकारले राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगमा मुख्यसचिवसरहको नयाँ दरबन्दी सिर्जना गरेर अर्याललाई सरुवा गरेको हो । यससँगै नयाँ मुख्यसचिव नियुक्ति गर्ने बाटो खुला भएको छ ।
मुख्यसचिव नहुँदाको अवस्थामा तत्कालका लागि काम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी वरिष्ठतम् सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?