सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौ, २३ असार । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ बढेर नयाँ उचाईमा पुगेको हो । यस दिन छापावाल सुनको मूल्य १ लाख ४५ हजार ४०० रुपैयाँ पुगेको छ । यस अघि गत जेठ २५ गते, यस्तो सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । शुक्रबार प्रतितोला १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यले यस दिन एक हजार रुपैयाँ बढेर नयाँ अलटाइम हाइ बनाएका हो । यस दिन तेजाबी सुन भने तोलाको १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँ बढेर १ हजार ८९० रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदी तोलाको १ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
