Upalabdhi News

निलम्बित प्रधानन्यायाधीश जबराको आज अन्तिम बयान, ४३ मध्ये ३५ प्रश्नको जवाफ दिए

उपलब्धि मिडिया
भदौ २८, २०७९ | १०:४० बजे


काठमाडौं, भदौ २८ गते ।आज पनि महाभियोग खेपिरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान जारी राखिएको छ । संसदको महाभियोग सिफारिस समितिले उनीसँग निरन्तर बयान लिइरहेको छ ।

आज पनि समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने र बाँकी रहेका ८ प्रश्नमा जबराको बयान लिने बताइएको छ । सम्भवतः आजै उनको अन्तिम बयान हुने छ । बयान लम्बिएन भने समितिले आजै बयान सकेर बाँकी प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको छ । गत फागुनमा जबराविरुद्ध महाभियोग दर्ता गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?