उकालो लाग्यो नेप्से, कारोबार रकममा पनि वृद्धि
काठमाडौ, २५ असार । सोमबार सामान्य अंकको करेक्सन देखिएको नेप्से परिसूचक १५.७९ अंक बढेर २१५२.१४ विन्दुमा पुगेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.४७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३२ अंक बढेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन साढे ४ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१६ स्टकको ६६ हजार ७१६ पटकको कारोबारमा ५ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप