नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा पहिलो दिन नै ठूलो संख्यामा मन्त्रिपरिषद् विस्तार

काठमाडौ, ३१ असार । नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिन नै ठूलो संख्यामा मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रपति कार्यालयमा आज शपथ ग्रहण गरेसँगै ओलीले मन्त्रिपरिषद्को पनि विस्तार गरेका हुन् । उनले २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रधानमन्त्री गरेको सिफारिस अनुसार राष्ट्रपति पौडेलले मन्त्रीहरू नियुक्त गरेका हुन् । उनीहरूको शपथ अहिले जारी छ ।
प्रधानमन्त्रीसहितका मन्त्री
केपी शर्मा ओली-प्रधानमन्त्री
प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास मन्त्रालय
विष्णु पौडेल-उपप्रधान तथा अर्थ
पृथ्वीसुब्बा गुरुङ-सूचना प्रविधि तथा सञ्चार मन्त्रालय
रमेश लेखक-गृह
शरदसिंह भण्डारी-श्रम रोेजगार मन्त्रालय
आरजु राणा-परराष्ट्र मन्त्रालय
प्रदीप यादव-खानेपानी मन्त्रालय
बलराम अधिकारी-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
दामोदर भण्डारी-उद्योग वाणिज्य
नवलकिशोर साह सुडी-महिला बालबाबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
देबेन्द्र दाहाल-भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
तेजुलाल चौधरी-युवा तथा खेलकुद
प्रदीप पौडेल-स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
अजय चौरसिया-कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय
बद्री पाण्डे-संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय
रामनाथ अधिकारी-कृषि मन्त्रालय
विद्या भट्टराई-शिक्षा मन्त्रालय
मानवीर राई-रक्षा मन्त्रालय
दीपक खड्का-ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय
राजकुमार गुप्ता-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
एनेबहादुर शाही-वन तथा वातावरण मन्त्रालय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
