एशिया कप उद्घाटन खेलमा युएईको सामना गर्दै नेपाल ।

काठमाडौ, ४ साउन । एसिसी महिला एशिया कप २०२४ को उद्घाटन खेलमा आज नेपालले युएईको सामना गर्दैछ । खेल श्रीलंकास्थित दाम्बुला क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः१५ बजेबाट शुरु हुनेछ ।
तयारीका लागि नेपालले श्रीलंका विकास टोलीविरुद्ध तीन खेल खेलेको थियो जसमध्ये पहिलो दुई खेलमा हार व्यहोरेको थियो भने अन्तिम खेलमा जित हात पार्न सफल रह्यो । आज युएई हराउँदै नेपाल प्रतियोगितामा सुखद शुरुवात गर्ने दाउमा रहेकोछ ।
नेपालको यो तेस्रो एशिया कप सहभागिता हो । यसअघि नेपालले २०१२ र २०१६ मा महिला एशिया कप खेलेको थियो । दुवै पटक नेपालले सबै खेलमा हार व्यहोरेको थियो । समूह ‘ए’ मा रहेको नेपालले पाकिस्तानविरुद्ध जुलाई २१ मा खेल्ने छ भने भारतविरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ । समूह चरणबाट दुईरदुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलमा विजयी हुने दुई टोलीबिच साउन १३ गते फाइनल भिडन्त हुनेछ ।
नेपाली टोली
इन्दु वर्मा -कप्तान, रुविना क्षेत्री, सीता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ ९विकेटकिपर० , पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई, राजमती ऐरी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
