Upalabdhi News

त्रिशूली नदीमा हराइरहेका दुईवटा बस र बसमा सवार यात्रुहरुको खोजी आज १२औं दिनसम्म पनि जारी ।

उपलब्धि मिडिया
साउन ८, २०८१ | १०:३० बजे

काठमाडौ, ८ साउन । नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालबाट त्रिशूली नदीमा हराइरहेका दुईवटा बस र ती बसमा सवार यात्रुहरुको खोजी कार्य आज १२ औं दिन सम्म पनि जारी छ ।

आज बिहान ८ः३० बजेदेखि सिमलतालदेखि घुमाउने–केराबारीसम्म दोहोर्‍याएर खोजी कार्य गर्न लागिएको छ । खोजीमा संलग्न प्राविधिकहरुका अनुसार त्यहाँ केही शंकास्पद वस्तु फेला परेकोले दोहोर्‍याएर खोज्न लागिएको हो ।

नेपाली गोताखोर र भारतको राष्ट्रिय आपदा मोचन बल एनडीआरएफ का प्राविधिकहरुसहितको संयुक्त टोलीले आज बिहान ८ः३० बजेबाट सिमलतालदेखि घुमाउने–केराबारीसम्म दोहोर्याएर खोजी कार्य गर्ने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?