Upalabdhi News

अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ सभामुख ली झान्सुबीच भेटवार्ता

उपलब्धि मिडिया
भदौ २८, २०७९ | १०:५६ बजे


काठमाडौं, भदौ २८ गते। आज बिहान राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका चिनियाँ सभामुख ली झान्सुबीच भेटवार्ता भएको छ । नेता लीसँग राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले सङ्घीय संसद भवनमा भेटवार्ता गरेका हुन ।

भेटमा राष्ट्रिय सभाका अध्यक्ष नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल र अध्यक्ष ली नेतृत्वको संसदीय प्रतिनिधि मण्डलबिच छलफल भएको थियो । अध्यक्ष तिमिल्सिना नेतृत्वको राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, सचेतक तथा सांसदहरूसँग ली नेतृत्वको प्रतिनिधि मण्डलबिच द्विपक्षीय भेटवार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?