ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुरेन्द्रराज रेग्मी

काठमाडौ, १० साउन । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्ति भएका छन् । बिहीबार बसेको बैंक संचालक समितिको बैठकले रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको छ । उनी बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत थिए । उनको कार्यकाल आगामी भदौ १ गतेदेखि लागू हुनेछ ।
हाल बैंकको प्रमुख प्रमुख कार्यकारी अधिकृत रहेका रत्नराज बज्राचार्यको कार्यकाल यही महिना सकिँदैछ । साउन मसान्तसम्म बज्राचार्य सिइओ रहने छन् । आगामी भदौ १ गतेदेखि भने रेग्मीले आफ्नो जिम्मेवारी सम्हालेनछन् । गत वर्ष २०८० असोज १ गतेदेखि लागू हुने गरी रेग्मी बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका थिए ।
उनी सन् २००८ मा ग्लोबल आईएमई बैंकमा आबद्ध भएका थिए । करिब तीन दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।
ग्लोबल आइएमई बैंकमा विगत १५ वर्षदेखि कार्यरत रेग्मी यसअघि नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पनि पुरा गरिसकेका छन् । उनीसंग बैंकिङ्ग क्षेत्रको करिब ३५ वर्ष लामो अनुभव रहेको छ । रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट एमए अर्थशास्त्र तथा वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गरेका छन् ।
ग्लोबल आइएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ्ग अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, एसएमई र खुद्रा व्यापार, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङ्गको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रुपमा परिचित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
