Upalabdhi News

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

उपलब्धि मिडिया
भदौ २८, २०७९ | १:१७ बजे


काठमाडौं, भदौ २८ गते ।पोखरा महानगरपालिका–७ पर्यटक बसपार्कस्थित २३ वर्षीय रेशम सुबेदीको सदाबहार रेष्टुरेण्टभित्र जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त रेष्टुरेण्टभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ६ सय २० रूपैयाँ र ५२ पत्ती तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?