ली चान्सुकाे भ्रमणले काठमाडाैंकाे ट्राफिक व्यवस्थापन अस्तव्यस्त (फाेटाे फिचर)

काठमाडाैं, २८ भदाै । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले उच्चस्तरीय भेटवार्ता गरीरहँदा काठमाडाैंकाे ट्राफिक व्यवस्थापन भने अस्तव्यस्त बनेकाे छ । उच्चस्तरीय भेटघाट मंगलबार बिहानदेखि सुरू गरेसँगै सर्वसाधारणले जताततै सवारी जाम झेलेका छन् ।

नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका उनले मंगलबार बिहान सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

नयाँबानेश्वरस्थित संसद भवनमा चान्सुले प्रचण्डलाई भेटेका हुन् । यस्तै, संसद भवनमै उनले प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् ।

उनले मंगलबार बिहानै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पनि भेटेका थिए । उनलाई सोमबार साँझ नै सभामुख अग्निप्रसाद सापकोटाले विमानस्थलमै स्वागत गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
