Upalabdhi News

उपत्यका बाहिरका विमानस्थलहरुलाई हवाई इन्धन उपलब्ध गराउन संघको आग्रह

उपलब्धि मिडिया
भदौ २८, २०७९ | ५:०७ बजे


काठमाडौं, भदौ २८ गते । उपत्यका बाहिरका विमानस्थलहरुलाई हवाई इन्धन उपलब्ध गराउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नेपाल वायुसेवा सञ्चालक संघले आग्रह गरेको छ ।

आज संघले एक विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले काठमाडौं बाहिरका विमानस्थलहरुमा पर्याप्त मात्रामा हवाई इन्धन उपलब्ध नगराएका कारण सदस्य वायुसेवा कम्पनीहरुको उडानमा असर परेको जनाएको छ ।

प्राधिकरणका महानिर्देशकलाई आवश्यकलाई पहलका लागि संघले आग्रह गरेको छ । नजिकिँदो चाड दसैं, तिहार तथा छठ पर्वहरुमा हवाई इन्धन पर्याप्त उपलब्ध नभए यात्रुहरु गन्तव्यमा पुर्‍याउन नसकिने नेपाल वायुसेवा सञ्चालक संघको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार शीर्षकहर थप