Upalabdhi News

भविष्यको कर्णधार मानिने बालबालिकालाई जिम्मेवार नागरिक बनाउन लागि परौँ –यादवचन्द्र शर्मा

उपलब्धि मिडिया
भदौ २९, २०७९ | ७:२३ बजे

काठमाडौं, भदौ २९ गते । नेपालको संविधानले बालबालिकाको सर्वाङ्गीण विकासका लागि बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताजस्ता अधिकार व्यवस्था गरेको बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बताएका छन् । आज अन्ठाउन्नौँ राष्ट्रिय बाल दिवसका सन्दर्भमा प्रमुख शर्माले एक शुभकामना सन्देश दिँदै नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता गरेको उल्लेख गरेका छन् ।

‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नारासहित आज मनाइँदै गरिएको ५८ औँ राष्ट्रिय बाल दिवसका सन्दर्भमा उनले वर्तमानका साझेदार एवं भविष्यका कर्णधार मानिने बालबालिकालाई भोलिका दिनमा जिम्मेवार नागरिक बनाउन सम्बन्धित पक्ष लागि पर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?