Upalabdhi News

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली भक्तपुरमा, भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन

उपलब्धि मिडिया
भदौ २९, २०७९ | ११:५६ बजे


काठमाडौं, भदौ २९ गते । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको जनकंग्रेस अध्यक्ष ली चान्सुले आज भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन गरेका छन् ।आज बिहान नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसहितको प्रतिनिधिमण्डलसहित अध्यक्ष ली भक्तपुर पुगेका हुन् ।

उनलाई भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले स्वागत गरेका थिए ।ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाहरूको अवलोकन र निरीक्षण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?