घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं, भदौ २९ गते । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघका अनुसार मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला ९२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छ ।
मंगलबार छापावाल सुन ९३ हजार पाँच सय र तेजाबी सुन ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मूल्य १० रुपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य ११ सय ७५ रुपैयाँ छ । मंगलबार यसको मूल्य ११ सय ८५ रुपैयाँ कायम थियो ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
