Upalabdhi News

संविधानमाथि अझै खतरा रहेकाले गठबन्धन आवश्यक छ –मेटमणि चौधरी

उपलब्धि मिडिया
भदौ ३०, २०७९ | ८:१४ बजे


काठमाडौं, भदौ ३० गते। सहरी विकास मन्त्री मेटमणि चौधरीले मुलुकको नयाँ संविधान माथि अझै खतरा रहेकाले गठबन्धन आवश्यक रहेको बताएका छन् ।सिमरामा आयोजित एक कार्यक्रममा मुलुकको संविधान माथि निर्वाचित प्रधानमन्त्रीले धावा बोल्दा सबै पार्टी एक ठाउँमा आउने अवस्था आएको भन्दै मन्त्री चौधरीले भने,कांग्रेस र कम्युनिस्ट फरक धारका पार्टी भए संविधान जोगाउन मिल्नुपरेको छ । अझ बलियो एकता बनाउनु पर्ने छ । निर्वाचन पछि थप दल पनि एकतामा आउनेछन् ।

किसान श्रेष्ठले मापदण्ड अनुसार तनहुँ छोड्नु पर्ने नभए पनि रामचन्द्र पौडेलका लागि बारा–४ बाट उम्मेदवार बन्ने स्थिति हुनसक्ने उनको भनाइ छ ।जसले निर्वाचन क्षेत्र हेर्न सक्छ, देश हेर्न सक्छ, त्यसलाई हेर्नुपर्छ । अब जात, धर्म र समुदाय मात्रै हेर्ने होइन । जनताले यो कुरा बुझिसकेका छन्, मन्त्री चौधरीले भने ।

राम्रो मान्छे, दृष्टिकोण भएको मान्छे, पैसा देख्दा र्‍याल नचुहाउने किसान श्रेष्ठलाई जिताउने गरी प्रचारमा लाग्न मन्त्री चौधरीले निर्देशन दिए ।एमालेले जिते यो प्रणाली नै समाप्त हुने भन्दै देउवाले नचाहँदा नचाहँदै पनि संविधान जोगाउन प्रधानमन्त्री बन्नै पर्ने अवस्था आएको मन्त्री चौधरीको भनाइ थियो । ओली घमण्ड, कुबुद्धि र सत्ता उन्मादले सडकमा पुगेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?