न्यायाधीशहरू नआउने भएपछि संसदको महाभियोग समिति बैठक सर्यो
काठमाडौं, भदौ ३० गते। संसदको महाभियोग समिति बैठक सरेको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू नआउने भएपछि संसदको महाभियोग समिति बैठक सरेको हो।आज बिहान ८ बजेदेखि बस्ने तय गरिएको बैठक सरेर दिउँसो १ बजे बस्ने समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिएका छन् । महाभियोग समितिले आज दिउँसो १ बजे चार जना पूर्व न्यायाधीशहरूलाई बैठकमा बोलाएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई लागेको महाअभियोग प्रस्तावबारे छानबिन समितिमा सोधपुछका लागि सर्वोच्च अदालतका न्यायाधीशहरू नजाने बुधबार नै निर्णय गरेका थिए।सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको बैठक (फुल–कोर्ट) ले चोलेन्द्र शमशेरको महाअभियोग छानबिन समितिमा सोधपुछका लागि जान नमिल्ने निर्णय गरेको थियो।
प्रतिक्रिया दिनुहोस्






