Upalabdhi News

असोज १ गतेदेखि काठमाडौं महानगरका सार्वजनिक स्थलमा धूम्रपान गर्न नपाइने

उपलब्धि मिडिया
भदौ ३०, २०७९ | ९:०६ बजे


काठमाडौं, भदौ ३० गते । असोज १ गतेदेखि काठमाडौं महानगरपालिकाको सार्वजनिक स्थलमा धूम्रपान गर्न नपाइने भएको छ। आज महानगरपालिकाले भदौ सूचना जारी गरी आगामी असोज १ देखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ सेवन गरेन निषेध गरिएको जानकारी दिएको छ। सार्वजनिक स्थललाई धूमपानमुक्त बनाउन सहयोग गरिदन आग्रह गरेको छ।

कानून, सदाचार र सार्वजनिक हित तथा भलाइका दृष्टिले सार्वजनिक स्थललाई धूमपानमुक्त बनाउने जारी गरिएको सूचनाको उल्लंघन गरे सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ अनुसार कारबाही गरिने महानगरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?