Upalabdhi News

पाँच दलीय गठबन्धन विपरित स्वार्थ भएका शक्तिहरुको गठन हो – ओली

उपलब्धि मिडिया
भदौ ३०, २०७९ | २:४७ बजे


काठमाडौं, भदौ ३० गते ।पाँच दलीय गठबन्धन उद्देश्यहीन भएको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।आज राजधानीमा आयोजित एमाले पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यो गठबन्धन उद्देश्यहीन र विपरित उद्देश्य भएका शक्तिहरुको स्वार्थको गठन भएको बताएका हुन।

उनले गठबन्धनसँग उद्देश्य नभएको र विपरित स्वार्थ भएका शक्तिहरुको गठन भएको जिकिर गरेका छन् । उनले आगामी निर्वाचनमा एमालेलाई बहुमतका साथ जिताउन नेता तथा कार्यकर्तासँग आग्रह समेत गरेका छन् । उनले निर्वाचनमा एमालेलाई बहुमतसहित अगाडि ल्याउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?