Upalabdhi News

१० वर्ष भित्रमा नेपाललाई एसियामा सम्पन्न मुलुकको रुपमा चिनाउने–मन्त्री कार्की

उपलब्धि मिडिया
भदौ ३०, २०७९ | ३:०१ बजे

काठमाडौं, भदौ ३० गते । मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनले दश वर्ष भित्रमा नेपाललाई दक्षिण एसियामा सम्पन्न मुलुकको रुपमा चिनाउने अभियानको रुपमा अगाडि बढाउने सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिवद्धता व्यक्त गरेका छन् । आज ललितपुरमा आयोजित एक कार्यक्रमका बीच ‘मोबाइल डिभाईस म्यानेजमेन्ट सिष्टम’को शुभारम्भ गर्दै मन्त्री कार्कीले मुलुकको अर्थतन्त्र श्रीलंकाजस्तो हुनै नसक्ने दावी गरेका छन ।

आगामी निर्वाचनमा जनतालाई मत माग्ने र मत दिने मेसिनको रुपमा मात्रै नलिई आफूहरुले १० वर्ष भित्रमा कमसेकम नेपाललाई दक्षिण एशीयाको सम्पन्न मुलुकको रुपमा चिनाउने अभियानको रुपमा अघि बढाउने मन्त्री कार्कीको भनाई छ । ‘उनले सरकार निजी क्षेत्रलाई प्रोत्साहित गर्न चाहेको बताउँदै निजी क्षेत्रसँग हातेमालो गरेर अगाढि नबढिकन मुलुकलाई समृद्ध गराउने सबैको अभिलाषा रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?