यो वर्ष जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन : कृषि विकास कार्यालय
काठमाडौं । कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार यो वर्ष जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन भएको छ । चार हजार दुई सय ५० हेक्टरमा लगाएका स्याउबाट २० हजार पाँच सय ११ मेट्रिक टन (४६ क्विन्टल()स्याउ उत्पादन भएको हो ।
आठवटै स्थानीय तहको स्याउ बिक्रीबाट ६१ करोड ४१ लाख रुपैयाँ जिल्लामा भित्र्याएको कार्यालयले जनाएको छ । जसमध्ये नौ हजार तीन सय ९१ मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात भएको छ ।
त्यस्तै मालवाहक ट्रकबाट ६ हजार नौ सय ९३ मेट्रिक टन स्याउ निर्यात भएको छ । कार्यालयका अनुसार आठ सय ३७ जना स्याउ व्यापारीले किसानको स्याउ बजारमा लगेका छन् । जुम्ली किसानले प्रतिकेजी सरदर मूल्य ६० रुपैयाँमा स्याउ बेचेका छन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप