Upalabdhi News

मन्त्रिपरिषदको बैठक सुरु, संसद् अधिवेशन अन्त्यको सिफारिस हुने

उपलब्धि मिडिया
भदौ ३१, २०७९ | ९:२८ बजे

काठमाडौं, ३१ भदौ । मन्त्रिपरिषदको बैठक बालुवाटारमा सुरु भएको छ । शुक्रबार विहान ९ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको छ । 

बैठकले संघीय संसद्को ११ औं अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने छ । प्रतिनिधिसभाको कार्यकाल शनिबार मध्यरातिदेखि अन्त्य गर्ने सरकारको तयारी छ । समानुपातिकको बन्दसूची बुझाउनु अघि राष्ट्रपति समक्ष संसद् अधिवेशन अन्त्यको सिफारिस गर्न लागिएको हो ।

निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारको बन्दसुची बुझाउन आइतबार र सोमबारका लागि समय तोकेको छ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?