९ प्रतिशत लाभांश सहित प्रभु क्यापिटलको १४औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, ३१ भदौ । प्रभु क्यापिटल लिमिटेडले आफ्नो १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । छायाँ सेन्टरमा भएको उक्त साधारण सभाले ९ प्रतिशत लाभांश पारित गरेको छ । गत भाद्र ६ गते बसेको संचालक समितिको बैठकले उक्त साधारण सभाको मिति तय गरेको थियो ।
आर्थिक वर्ष २०७८/७९ सम्मको संचितिबाट कर सहित नगद लाभांशको रुपमा ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव उक्त प्रस्ताव साधारण सभाले अनुमोदन गरेको छ ।
सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको प्रभु क्यापिटल लिमिटेडको आर्थिक वर्ष २०७८/७९ सम्मको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसुची उपर छलफल गरी पारित गरेको छ ।
त्यसैगरी कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा (कम्पनी ऐन २०६३ को दफा १११ (३) बमोजिम बहालवाला लेखापरिक्षक श्री आर्चाय समन एसोसियटस लाई पुनः नियुक्ति हुन योग्य हुने प्रस्ताव पारित गरेको हो ।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पेश गरिएको थियो । प्रबन्धपत्र र नियमावलीमा गरिने संसोधन र थप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र वा नियमावली संसोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव सभाले पारित गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
