Upalabdhi News

कर्मचारी संचय कोष ६२औं वर्षमा प्रवेश

उपलब्धि मिडिया
भदौ ३१, २०७९ | ४:३९ बजे

काठमाडौं, ३१ भदौ । कर्मचारी सञ्चयकोषका करिब ५ लाख ५५ हजार सञ्चयकर्ताको चार खर्ब ५९ अर्ब ४३ करोड वित्तीय स्रोत रहेको जनाएको छ। कोषको ६१औँ वार्षिकोत्सवमा कोषका निमित्त प्रशासक श्री जितेन्द्र धितालले उक्त रकम स्रोत रहेको विवरण प्रस्तुत गरेका हुन्।

उनका अनुसार यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा २.८६ प्रतिशतले बढी रहेको उनले बताए। उनका अनुसार कोषमा यही भदौ मसान्तसम्म ३६४ कर्मचारीले ७ वटै प्रदेशमा केन्द्र रहेकोमा ८ वटा शाखा कार्यालय र ३ वटा सेवा केन्द्रमार्फत करिब ५ लाख ५५ हजार सञ्चयकर्ताको सञ्चय कोष र निवृत्तिभरण कोषको व्यवस्थापन गरिरहेका छन्।

४ खर्बभन्दा बढी वित्तीय स्रोत परिचालन गरी मुलुकको सबैभन्दा जेठो र ठूलो वित्तीय एवं सामाजिक सुरक्षा संस्थाको हैसियतमा कायम गर्न कोष सफल भएको छ’‚ उनले भने। 

उनले शिक्षक तथा अन्य राष्ट्रसेवक कर्मचारी लगायत प्रदेश सरकार र स्थानीय तहका कर्मचारीलाई योगदानमा आधारित निवृत्तिभरण प्रणालीमा आबद्ध गर्न नीतिगत तथा कानुनी व्यवस्थाका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने भावी योजना रहेको बताए।

उनले भने, ‘सरकारबाट निवृत्तिभरण पाइरहेका कर्मचारीको निवृत्तिभरण भुक्तानी व्यवस्थापन समेत कोषमार्फत गर्न सरकारसमक्ष पहल गरिनेछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार शीर्षकहर थप