Upalabdhi News

विश्वकप २०२२ को प्रसारण, प्रायोजन र प्रतिलिपिको सम्पूर्ण अधिकार मिडिया हबलाई मात्र

उपलब्धि मिडिया
अशोज २, २०७९ | ८:०३ बजे

काठमाडौं, १ असोज । मिडिया हबका अध्यक्ष सोमप्रसाद धितालले भू–सतही, स्याटलाइट, डीटीएच, केवल ब्रोडब्यान्ड एवं मोबाइल तथा अन्य विद्युतीय प्रसारणको एकाधिकार भायाकम १८ मिडिया प्रालिबाट प्राप्त गरेको बताए । त्यस अनुरुप नेपालमा विश्वकप फुटबल २०२२ को लोगो, मस्कट, प्रसारण प्रायोजन र प्रतिलिपिको सम्पूर्ण अधिकार मिडिया हबलाई मात्र रहने जानकारी गराउनु भयो ।

सन् १९९८ देखि नै मिडिया हबले हरेक विश्वकप यात्रामा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा रहनु हाम्रा लागि गौरवको विषय हो, यही कारण फिफाले हामीलाई विश्वास गर्दै आएको छ । धितालले शुक्रबार आयोजित कार्यक्रममा भने, ‘१५–१६ लाख डलर तिरेर हामीले फिफाबाट विश्वकपको सम्पूर्ण अधिकार लिएका छौं । मिडिया हबले टेलिभिजन सिग्नल प्रदायक संस्थाहरू एनआईटीभी स्ट्रिम्ज र भायानेट कम्युनिकेसन्स प्रा.लि. सँग सहकार्यका लागि छुट्टाछुट्टै सम्झौता गरेको छ । मिडिया हबका तर्फबाट सोमप्रसाद धिताल तथा भायानेटका प्रबन्ध निर्देशक विनय बोहरा र एनआईटीभीका प्रमुख मनोजकुमार अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता अनुरुप नेट टेलिभिजन र भायानेटका प्रयोगकर्ताले विश्वकपको प्रत्यक्ष प्रसारण सजिलै हेर्न पाउनेछन् ।

मिडिया हबले विज्ञापन बिक्री प्रबन्धका लागि एडप्याड एक्युजिसन प्रालिसँग मार्केटिङ पार्टनर रहने गरी अर्को सम्झौता गरेको छ । एडप्याडबाट कम्पनीका प्रबन्ध निर्देशक सुरज गिरीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?